बागलुङका महिलाद्वारा बोबाङका बाढी पीडितलाई पाँच लाख सहयोग

आदर्श अनलाईन, बागलुङ

बागलुङका पाँच महिलाहरुले ढोरपाटन–९ बोबाङका बाढी पीडितलाई सहयोग गरेका छन् । महिला अधिकारको क्षेत्रमा कार्यरत पार्वती हितान, ईन्द्रकुमारी काउचा, सावित्रा खड्का, जमुना थापा र यशोदा शर्माद्वारा संकलित पाँच लाख १ हजार रुपैयाँ ढोरपाटनका बाढी पहिरो पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

विशेष गरि महिला र बालबालिकालाई केन्द्रित गरि स्वेच्छिक रुपमा संकलित रकमबाट अभिभावक गुमाएका बालकालिकाको निम्ती शिक्षा तथा भविष्य निर्माण कोष खडा गरेर रकम जम्मा गर्ने गरि रु. २ लाख ५६ हजार ९ सय ३१ साथै महिला र अभिभावक गुमाएका बालबालिकाको निम्ती २ लाख ४४ हजार ८ सय बराबरका जिन्सी सामाग्रीहरु घटना स्थलमै पुगेर पीडित परिवारलाई वितरण गरिएको हो ।

पाँच जना महिलाहरु कुनै पार्टी, संघ सस्थाबाट नभई स्वतस्फूर्त तरिकाले जिल्लाको गलकोट नगरपालिका–८ का पार्वती हितान, काठेखोला गाउँपालिका–२ का इन्द्रकुमारी काउचा, काठेखोला गाउँपालिका–३ का सावित्री खड्का, बागलुङ नगरपालिका–१ का जमुना थापा र बागलुङ नगरपालिका–१३ का यशोदा शर्माले ढोरपाटनको घट्नामा पीडित बनेका महिला तथा बालबालिकाको निम्ती नगद तथा जिन्सी सामानहरु सङ्कलन गरि वितरण गर्नु भएको हो ।

महिलाको लागि आवश्यक लत्ताकपडा, सिरक, दछना ब्लाङ्गेट, प्याम्पस, खेलौना वितरण गरिएको हो । नगरपालिकाको एकद्वार प्रणली अनुरुप नै अभिभावक गुमाएका बालकालिकाको निम्ती शिक्षा तथा भविष्य निर्माण कोष खडा गरेर रकम जम्मा गर्ने गरि रु. २ लाख ५६ हजार ९ सय ३१ नगर प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको यशोदा शर्माले जानाकारी दिनुभयो ।

सहयोग कार्यक्रममा ढोरपाटन नगर उप–प्रमुख करमति पुनले विभिन्न व्यक्तित्वहरु, सघंस संस्था, निकायहरुबाट सहयोग आउनेक्रम जारी रहेको बताउँदै राहतरकम र सामाग्रीहरु पारर्दर्शी ढङ्गले वितरण गरिने बताउनुभयो ।

उहाँले आफ्नो जिल्लामा भएको दुःखद घटनामा राहत सहित पुगेका ५ महिला दिदिबहिनीहरुलाई धन्यवाद दिनुभएको थियो । यो समयमा बाढी पीडितहरुलाई बढि सहयोगको आवश्यकता परेको बताउँदै मानवताको हिसावले पनि सक्दो सहयोग गनुपर्नेमा जोड् दिनु भयो । साबित्री खड्काले पीडितहरुलाई केही सानो सहयोग गरौँ भन्ने मनसायले बिभिन्न संघ, सस्था एवंम व्यक्तिहरुबाट राहत सङ्कलन गरि ५ जनाको समुह राहत रकम र सामाग्री सहित नै ढोरपाटन नगरपालिका आएको बताउनुभएको भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *