गण्डकी मेडिकल कलेजकी नर्स र बिरामीमा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी र त्यहाँ कार्यरत नर्समा कोरोना पुष्टि भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाकी ८० वर्षकी महिला र पोखरा ९ की २६ वर्षकी नर्समा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै भारतबाट आएका पोखरा २५ की ८ वर्षीय बालिका र १८ वर्षे पुरुषमा पनि आज नै कोरोना पुष्टि भएको छ ।

पोखरामा आजमात्रै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *