क्रयाक फ्यामेलीले ल्यायो ‘परदेशी ठाउँमा’ (भिडियो सहित)

दिपेन्द्र पौडेल, पोखरा
दैनिक हजारौको संख्यामा विदेशिनुपर्ने युवाहरुको भावनालाई समेटेर पोखराका केही युवाहरुले ‘परदेशी ठाउैंमा’ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

‘क्रयाक फ्यामेली’ निर्माण गरेको उक्त गीत र भिडियोले बैदेशिक रोजगारी युवाहरुको रहर नभएर बाध्यता भएकोे देखाउन खोजेको छ । घर, परिवार सबैको सम्झना मुटुमा राखेर परदेशको ठाउँमा दुख र संघर्ष गर्नुपरेको युवाको कथालाई गित र भिडियोबाट प्रस्तु गरिएको छ ।

नेपाली समाजको व्यथा, तितो यथार्थको झ–झल्को देखाउने प्रयाशले गित र भिडियो सार्वजनिक गरेको ‘क्रयाक फ्यामेली’ ब्याण्डका प्रडक्सन म्यानजेर सुदर्शन खड्काले बताउनुभयो ।

रुपेश मगरको आवाज, अमित गुरुङको एरेन्ज र मेक गुरुङको शब्द सहित अभिनय रहेको छ । ब्याण्डका म्यानेजर खड्काले अमरसिंह माध्यामिक विद्यालयबाट २०६८ सालमा एस.एल.सी दिएका साथिहरुको सम्झना निमांण गरिएको समेत बताउनुभयो ।
भिडियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *