सहकारीलाई प्रभावकारी सञ्चालनका लागि स्तरीकरण तालिम

आदर्श अनलाइन, ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको प्रभावकारीता तथा सहकारीमा विमा सम्बन्धी एक दिने भर्चुअल तालिम मंगलवार सम्पन्न भएको छ ।

बैकको बागलुङ शाखाको आयोजना तथा बागलुङ शाखा अन्तरगत बागलुङ, पर्वत र म्याग्दीका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा तालिम सम्पन्न भएको हो ।

सहकारी संस्थाहरुको स्तरमापन एवं स्तरोन्तीका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको उद्देश्य, आवद्ध हुने तरिका, कार्यक्रममा सहभागीता पछि हुने फाइदा लगायतका विषयमा तालिममा जानकारी दिइएको थियो ।

यस्तै सहकारी संस्थामा विमा, नगद विमा, भल्ट विमा, नगद ट्रान्जिट विमा, सहकारी संस्थाबाट प्रवाह हने कर्जाको धितो विमा लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

तालिमको शुरुवात गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई वित्तीय रुपमा सक्षम तथा सुशासनयुक्त तरिकाले सञ्चालनका लागि बैंकको स्तरीकरण कार्यक्रममा सहभागिताका लागि आव्हान गर्नु भएको थियो । संस्थाको स्वास्थ्य अवस्था कस्तो छ र थप व्यवस्थित गराउन के गर्न सकिन्छ ? भन्ने विषयमा स्तरीकरण कार्यक्रम सहयोगी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा सहकारी बैंकको स्तरीकरण कार्यक्रमका बारेमा बैंकका स्तरीकरण विभागका प्रमुख भरत चिमोरिया र बैंकका प्रशिक्षक नव कुमार अधिकारीले जानकारी गराउनु भएको थियो ।

बैंकले शाखा स्तरमा आधारभुत, जिल्ला स्तर (केयर), केन्द्रीय स्तर (स्मार्ट) र अन्तर्राष्ट्रिय स्तर गरी चार तहमा सहकारीहरुको स्तरीकण कार्यक्रम सञ्चालन गरेको छ ।

स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुले संस्थाको सवल पक्षको जानकारी पाउनुका साथै सुधारका लागि सुझाव प्राप्त हुने, संस्था सञ्चालनका लागि आवश्यक नीति, विधि र प्रविधिका बारेमा जानकारी हुनुका साथै संस्थका सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने बैंकका स्तरीकरण विभागका प्रमुख चिमोरियाले जानकारी दिनुभयो । उहाले स्तरीकण कार्यक्रममार्फत सदस्य संस्थाहरुको गुणस्तर कायम गर्ने, समुदायमा छवि राम्रो बनाउन कार्यक्रम सहयोगी हुने बताउनुभयो ।

तालिममा बिमाका बारेमा लुम्बिनि इन्स्योरेन्स कम्पनीका प्रवन्धक शभ्मु बसौलाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *