नागरिकको गुनासो सुन्न हटलाइन सेवा

आदर्श अनलाईन, लमजुङ
जिल्ला प्रशासन कार्यालय लमजुङले आउदोँ असोज १ गतेदेखि हटलाइन सेवा सञ्चालन गर्ने भएको छ ।

नागरिकको समस्या तथा गुनासोको समाधान गर्न लमजुङ प्रशासनले २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

जिल्लाको शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन लगायत प्रशासनको कार्यक्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाह एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासो प्रभावकारी बनाउने उद्देश्यले वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन सेवा सञ्चालन गरिने भएको हो ।

जिल्लास्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थाको सेवा प्रवाह, विपद् व्यवस्थापन लगायतका विषयमा उजुरी तथा गुनासो गर्न सकिने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

गुनासो गर्दा तथ्य प्रमाणसहित हुनुपर्ने र गुनासोकर्ताको पहिचान गोप्य राखिने छ । यसका लागि इमेल मार्फत पनि उजुरी तथा गुनासो गर्न सकिने कार्यालयले जनाएको छ ।

गुनासोको गम्भीरताका आधारमा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी तत्कालै सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासो तत्कालै र अन्य गुनासो सम्बन्धित सार्वजनिक निकायसँगको समन्वयमा सम्बोधन गरिने भएको छ ।

हटलाइन नम्बर ०६६५२१३९९ र सिधै प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५६०१७७७७ मा समेत गुनासो तथा उजुरी दिन सकिने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *