आदर्श सञ्चारद्वारा संकलित राहात जिल्ला सहकारी संघलाई हस्तान्तरण

साधना पन्त, बागलुङ ।
भदौ १७ गते ढोरपाटनमा आएको बाढीबाट प्रभावित बनेकाहरुको लागि आदर्श सञ्चार सहकारी संस्थाले राहात रहकम हस्तान्तरण गरेको छ । सहकारीले सञ्चालन गर्दै आएको आदर्श सञ्चार डट कमको प्रथम वार्षिकोत्सवको अवसरमा भदौ २१ गते बाढी प्रभावितको लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको गरेको थियो ।

जिल्ला सहकारी संघले बाढी प्रभावितको लागि देशभरका सहकारीलाई सहयोग गर्न आव्हन गरेकाले आदर्शले संकलन गरेको १ लाख ७५ हजार रुपैयाँ जिल्ला सहकारी संघमार्फत हस्तान्तरण गरेको संस्थाका प्रबन्धक दिपक सापकोटाले बताउनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाद्वारा संकलति राहात रकम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमलाई हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव ।

ढोरपाटनमा बाढीले जनधनको क्षती पु¥याएपछि सरकारले एकद्वार प्रणालिबाट राहत वितरण गर्ने भनेकाले जिल्ला सहकारी संघ मार्फत ढोरपाटन नगरपालिका र बाढी प्रभावित समक्ष पुग्ने गरी बागलुङमै रकम हस्तान्तरण गरेको अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले बताउनुभयो । आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसंग संकलित रकम बाढी पहिरो पीडितका सहयोग गरिएको अध्यक्ष जिसीको भनाई छ ।

सहकारी मार्फत सूचना, सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ २०६३ मंसिरमा स्थापना भएको संस्थाले स्थापनाको शुरुवातदेखि ९२०६३ फागुन २३० धौलागिरी जागरण दैनिक, २०६८ भदौदेखि अग्रसर साप्ताहिक, २०७० असोजदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको र २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार अनलाइन www.aadarshasanchar.com सञ्चालन गर्दै आइरहेको छ ।

जिल्ला कृषि सहकारी संघद्वारा संकलति राहात रकम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमलाई हस्तान्तरण गर्दै संघका अध्यक्ष नरबहादुर थापा

त्यसैगरी कृषि सहकारी संघ बागलुङले पनि बाढी प्रभावितको लागि ८० हजार रुपैया सहयोग गरेको छ । संघका अध्यक्ष तथा संविधानसभा सदस्य नरबहादुर थापाले संघको तर्फबाट जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमलाई राहात रकम हस्तान्तरण गर्नुभएको थियो । जिल्ला र देशका विभिन्न स्थानका सहकारीबाट संकलित ५ लाख भन्दा बढी राहात रकम लिएर बुधबार बाढीग्रस्त ढोरपाटन जाने तयारी गरेको जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *