सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर पुन: परकम्प

आदर्श अनलाइन, काठमाडौं
सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर अर्को परकम्प गएकाे छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भई बुधबार बिहान ६ बजेर १० मिनेटमा ३.८ रेक्टर स्केलकाे परकम्प दोहोरिएकाे हाे ।

यसअघि बिहान ५:१९ मा राम्चे केन्द्रविन्दु भई ६ रेक्टर स्केलकाे परकम्प भएकाे थियो । भूकम्प मापन केन्द्रका अनुसार बुधबारकाे धक्का नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *