ढोरपाटन बाढी पीडितलाई लक्ष्मण श्री र गायक गौतमको सहयोग

आदर्श अनलाइन,बागलुङ

सामाजिक अभियानमा क्रियाशिल लक्ष्मण श्री र लोकप्रिय कलाकार थानेश्वर गौतमले ढोरपाटन बाढी पीडितलाई सहयोग प्रदान गरेका छन् ।

बाढीग्रस्त क्षेत्र ढोरपाटन पुगेर बाढीले पु¥याएको कहाली लाग्दो क्षति देखे सँगै ढोरपाटन नगरपालिकाको राहत कोषमा जननी नेपालको तर्फबाट ५५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

कलाकारितामा समेत समर्पित श्री र गायक गौतमले उक्त रकम ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । ढोरपाटनका बाढी पीडितको पीडामा थोरै भए पनि राहत दिलाउनका लागि आफुहरुले व्यक्तिगत तवरबाट उक्त सहयोग गरेको लक्ष्मण श्रीले बताउनुभयो । ‘अरु बिभिन्न व्यक्ति संघ संस्थाले पनि अभियान चलाइरहेका छन्, कतिपय अभियानमा मैले छुट्टै पनि सहयोग गरेर जोडिएको थिए,’ उहाँले भन्नुभयो, ‘मुलुकनै स्तब्ध पार्ने यति ठुलो बिपद्को हामी सबै मिलेर सामना गर्नुपर्छ भन्ने सोचले यो सहयोग गरेका हौ ।’

गायक थानेश्वर गौतमले पनि कोरोनाले सबैलाई आततायी बनाएको बेला आएको विपद्को सामनाका लागि सबैको सहयोग जरुरी हुने सोचले ढोरपाटनको अभियानमा जोडिएको बताउनुभयो । लक्ष्मण श्री र गायक गौतमले यसअघि पनि बिभिन्न सामाजिक र परोपकारी अभियानमा पनि सहयोग गर्दै आएका छन् ।

बुधवार सम्म ढोरपाटन नगरपालिकाको राहत कोषमा ६७ लाख रुपैयाँ संकलन भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *