बेँसीशहर–चामे सडक भासियो

आदर्श अनलाइनल, लमजुङ
हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक पहिराले भासिएको छ ।

मङ्गलबार रातिदेखि अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिराले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका–६ खरखरेभिरको सडक भासिएको हो ।

करिब २० मिटर सडक भासिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमाथिबाट आएको पहिरो र सडक तल मस्र्याङ्दी नदीले खोलेको जमिनका कारण सडक भासिदा सडक अवरुद्ध भइरहेको छ ।”

पानी निरन्तर परिरहेकाले तत्काल मर्मत गर्न असम्भव भएको उहाँको भनाइ छ ।

सो स्थानमा लामो समयदेखि वर्षेनी हल्का वर्षा हुनासाथ ढुङ्गामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो । सो सडकअन्तर्गत नगरपालिकै वडा नं ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *