निसीखोलाको झिवाखोलामा प्रसुति प्रतिक्षा गृह बन्दै

आदर्श अनलाइन, बागलुङ

सुत्केरी महिला र स्वास्थ्यकर्मीको सहजताको लागि निसीखोला गाउँपालिकाले बोहोरागाउँ स्वास्थ्यचौकीमा प्रसुति प्रतिक्षा गृह निर्माण गरेको छ ।

वडा नम्बर ४ झिवाखोलामा प्रसुति प्रतिक्षा गृह निर्माण गर्न गरेको हो निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

गर्भवती महिला स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहने गरि स्वास्थ्य चेकजाँच सहित, सुत्केरी अवस्थामा आईपर्ने जटिलता र समस्या न्यूनिकरणको लागि प्रसुती प्रतिक्ष गृह निर्माण गरिएको हो ।
गाउँपालिकाको ३ लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको २ लाख ५० हजार गरि ५ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भईरहेको अध्यक्ष पौडेलले जानाकारी दिनुभयो ।

फेयरमेड फाउण्डेसन नेपालको सहयोग र बिवाइसी बागलुङको साझेदारीमा सञ्चालित कार्यक्रम ग्रामीण स्वास्थ्य सुधार परियोजना अन्तरगत जिल्लाको पश्चिम क्षेत्रमा गर्भवती महिलाहरुको सहजताका लागि प्रसुति प्रतिक्षा गृह निर्माण भईरहेको फिल्ड् सुपरभाइजर रामेश्वर शाहले बताउनुभयो ।

निर्माण गर्न लागिएको प्रतिक्षा घरमा टाढाबाट सुत्केरी हुन आउने, गर्भ अवस्थाको नियमित चेकजाँच गराईराख्नुपर्ने र प्रसुति कुरुवाको सहजताका लागि बस्ने, खाने व्यवस्था रहने छ ।

४ वेड सहितको प्रतिक्षा घरमा निर्माणको अन्तिम चरणमा पुगेको सुपरभाइजर शाहले बताउनुभयो । प्रतिक्षा घरमा भाडाकुँडा, ग्यास, कपडा लगायतका सामग्री राखिने तर पकाउने खानेकुरा भने सेवाग्राही आफैले ब्यवस्था गर्नुपर्ने शाहले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *