जैमिनीमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको राहात

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनीमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई गण्डकी प्रदेशले राहत प्रदान गरेको छ ।

प्रदेश सरकारले भदौ २८ र २९ गतेको पहिरोमा परी ज्यान गुमाएका वडा नम्बर १ का लक्ष्मी पौडेल, हरिकृष्ण पौडेल र वडा नम्बर ५ की जालपादेवी पाध्यको परिवारलाई ५०/५० हजार दिएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान पहिरोले क्षति ग्रस्त स्थानमै गएर मृतकका परिवारलाई राहत प्रदान गर्नु भएको हो ।

राहत हस्तान्तरण गर्दै मन्त्री चुमानले जनताको सुख दुखमा सरकार रहेको भन्दै विपद्को समयमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पहिरोका कारण विस्थापित बनेका परिवारको पुनस्र्थापनको लागि तत्काल स्थानीय सरकारले व्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।

राहत रकम हस्तान्तरणमा प्रदेश सांसद इन्द्रलाल सापकोटा, कृष्ण थापा, साबित्रा राना, नेकपा नेता बलाबती शर्मा, कृष्ण पाठक, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *