रामरेखामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

आदर्श अनलाईन, बागलुङ
बागलुङ नररपालिकाले वडा नम्बर १ रामरेखामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । बिहीबार स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख जनकराज पौडेलले प्रेसर र ज्वरो नाप्न अस्पताल पुग्नु पर्ने बाध्यताको अन्त्य भएको बताउदै नगरपालिकाले नागरिकको आधारभूत आवश्यकता पुरा गर्दै आएको बताउनुभयो । उहाँले सामान्य ज्वरो नाप्न, खोप लगाउनका लागि अस्पताल जान नपरोस भन्नका लागि स्वास्थ्य केन्द्र स्थापना गरेको बताउनुभयो ।

हाल भवन अभावका कारण नगरपालिकाको वडा नम्बर एकको कार्यालयबाटै सेवा प्रदान गर्नेगरी स्वास्थ्यकेन्द्र स्थापना भएको छ । जग्गा व्यवस्थापनभएमा भवन केन्द्र स्थापना का लागि भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, सामान्य औषधी सेवा लगायतका आधारभूत सेवा प्रदान गरिनेछ । कार्यक्रम वडा अध्यक्ष दुर्गा बोहोराको अध्यक्षता, कार्यपालिका सदस्य लक्ष्मी बोहोराको स्वागत तथा सिनियर हेल्थ असिस्टेन डिल्लि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *