गण्डकी प्रदेशका सहकारीकर्मीलाई एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा पोखराको प्राविधिक सहयोगमा सञ्चालित सहकारी ऐन, नियमावली, एकीकरण कार्यविधि र सेवा केन्द्र सञ्चालन विषयक एक दिने भर्चुअल तालिम बिहीवार सम्पन्न भएको हो ।

गण्डकी प्रदेश अन्तरगतका सहकारी संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रवन्धकहरुका लागि सञ्चालित कार्यक्रममा गण्डकी प्रदेश सहकारी ऐन २०७५, नियमावली २०७५ मा भएका मुख्य व्यवस्था, सहकारी एकीकरण तथा सेवा केन्द्र र कोपोमिसका बारेमा जानकारी गराइएको थियो ।

तालिमको शुरुवात गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत सहकारी महाशाखा पोखराका प्रमुख प्रेम प्रसाद ढकालले सहकारीहरुलाई सहकारी ऐन नियम र निर्देशिकाका आधारमा सञ्चालनका लागि तालिम आयोजना गरिएको बताउनुभयो । उहाले सहकारीमार्फत समाज रुपान्तरणका लागि सहकारी नियम कानुनको पालनामा जोड दिनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको परिचय, बैंक र सदस्य संघ संस्थाबीचको अन्तरसम्बन्ध, बैंक सदस्यहरुलाई दिने सेवा सुविधा, बैंकको पछिल्लो वित्तीय तथा संरचनागत अवस्थाका बारेमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले जानकारी गराउनु भएको थियो ।
तालिममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाका शाखा अधिकृत सागर खनालले सहकारी कानुन, नियमन निकाय, विषयगत अभ्यास र समसामयिक विषयमा सहजीकरण गर्नु भएको थियो ।

सहकारीमार्फत समाजमा भएका सरात्मक कामहरु वचत तथा ऋण परिचालन, सहकार्यको भावना, सदस्य सुविधा अन्तर्गत उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन, सहकारी शिक्षामार्फत समुदायको विकास लगायतका विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा खनालको जोड थियो ।

उहाले सहकारी क्षेत्रमा देखिएका केही सुधार गर्नु पर्ने पक्षमा पनि सहकारी कर्मीहरुको ध्यान जानु पर्नेमा जोड दिनुभयो । सहकारी सिद्धान्त, विधि र सुशासन मानकको पालना, साझा बन्धन भत्कने गरी सेवा केन्द्र स्थापना, एक व्यक्ति एक सहकारी, मुख्य कारोबार, संरक्षित पूँजि फिर्ता कोषको प्रयोग लगायतका विषयमा थप ध्यान दिनुपर्ने खनालको भनाई थियो ।

राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले सञ्चालन गरेको कार्यक्रममा कोपोमिसका बारेमा सहकारी महाशाखा पोखराका दिपक थापाले जानकारी गराउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *