बाढी पीडितलाई बैंकर्स बागलुङको सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढी पीडितलाई बैकर्स बागलुङले आर्थिक सहयोग गरेको छ ।

बैकर्स बागलुङले १ लाख एक हजार १११ रुपियाँ शुक्रबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका मेयर देवकुमारी नेपालीले विभिन्न ठाउँबाट प्राप्त आर्थिक सहयोगलाई पारदर्शि रुपमा उचित प्रयोग गर्ने बताउनुभएको थियो ।

सो अवसरमा बैकर्स बागलुङका अध्यक्ष दीपक शर्माले पीडितलाई सबै क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोडदिनुभएको थियो । कार्यक्रम अध्यक्ष शर्माको अध्यक्षता, उपाध्यक्ष भुपेन्द्र गौतमको स्वागत र सचिव ओमप्रकाश पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *