बडिगाड गाउँपालिका अध्यक्ष पाइजाको गोठमा आगलागी

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको गोठमा आगलागी भएको छ ।

गोठमा आगलागी हुँदा अध्यक्ष पाइजाकी धर्मपत्नी मनकुमारी पाइजा घाइते हुनु भएको छ भने बाँधेको दुहुनो भैँसी जलेर गम्भीर घाइते भएको छ ।

शुक्रबार विहान ५ बजे तिर अचनाक आगलागी हुँदा गोठमा भएको घाँस, खारपात जलेर नष्ट भएको अध्यक्ष पाइजाका छोरा राजन पाइजाले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा अध्यक्ष पत्नि पाइजाको जलेर घाइते भएको उहाँको भनाई छ ।
गोठमा आगलागी हुँदा करिब ५ लाख बढीको क्षति भएको पाइजाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *