प्रभावकारी बन्दै गर्भवती र सुत्केरीको हेलिकप्टर उद्दार

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

जटिल प्रकारका सुत्केरी तथा गर्भवतीहरुका लागि गण्डकी प्रदेश सरकारले गर्दै आएको हवाई उद्दार प्रभावकारी देखिएको छ । प्रदेश सरकारले साढे दुई वर्ष अघि देखि गण्डकी प्रदेशका दुर्गम जिल्लामा समस्यामा परेका सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गर्ने नीति लिएको छ ।

हवाई उद्दारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु बेहोर्नु पर्ने बिवशताबाट जोगिएका छन् । सुत्केरी तथा गर्भवतीलाई जटिल प्रकारको समस्या देखिदा दूर्गमताका कारण स्थलमार्ग मार्फत अस्पताल पु¥याउन असंभव भएको समयमा हवाई उद्दार गरिदै आएको छ ।

सुरुमा बागलुङमा संघीय सरकारको महिला तथा बालबालिका मन्त्रालय अन्र्तगत राष्ट्रपति महिला उत्थान अन्र्तगत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दार सम्बन्धि कार्यविधि २०७५ अनुसारे उद्दार गरिएकोमा अहिले गण्डकी प्रदेश सरकारले निशुल्क हवाई उद्दारको कार्य गर्दै आएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत हाल सम्म ११ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरिएको छ । गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्दार कार्यक्रम अन्र्तगत साढे दुई वर्षको अवधिमा बागलुङ जिल्लाको विभिन्न पालिकाबाट हाल सम्म ११ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरि विभिन्न अस्पतालमा पठाइएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी शुशिला आचार्यले जानकारी दिनुभयो ।

“राष्ट्रपति हवाई उद्दार अन्र्तगत संघीय सरकारले समेत गम्भीर समस्या भएकाको हकमा उद्दार गर्दै आएको छ,”आचार्यले भन्नुभयो “गण्डकी प्रदेश सरकारले समेत दुर्गमका जिल्लाबाट हवाई उद्दार गर्दै आएकोमा हाल सम्म बागलुङमा ११ जनाको उद्दार गरिसकेको छ ।” एक पटक हवाई उद्दार गर्दा समय तथा दुरीका हिसावले एक लाख २५ हजार देखि तीन लाख सम्म खर्च हुने गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी आचार्यका अनुसार, बागलुङ जिल्लामा सबै भन्दा धेरै ढोरपाटन नगरपालिकाका सुत्केरी तथा गर्भवतीको उद्दार गरिएको छ । जस अन्र्तगत ढोरपाटन नगरपालिकाबाट पाँच गर्भवती तथा सुत्केरी, बडिगाड गाउँपालिकाबाट दुई, तमानखोला गाउँपालिकाबाट एक, गलकोट नगरपालिकाबाट एक, बरेङ गाउँपालिकाबाट एक र बागलुङ नगरपालिकाबाट एक जना गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दार गरिएको छ ।

हवाई उद्दार निकै खर्चिलो भए पनि दुर्गमताकै कारण गर्भवती, सुत्केरी तथा नवजात शिशुले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले सञ्चालित अभियानले धेरैले नयाँ जीवन पाइरहेका छन् । बागलुङ जिल्ला भौगोलिक हिसाबले निकै असहज भएको र जिल्ला सदरमुकामको अस्पतालमा समेत बिरामी ल्याउन दिनभर लाग्ने भएकाले प्राथमिकतामा राखेर हवाई उद्दार गरिदै आएको गण्डकी प्रदेश सरकारले जनाएको छ । बागलुङ जिल्ला मध्ये बागलुङ नगरपालिका हवाई उद्दार गर्ने क्षेत्रमा नपर्ने भए पनि गर्भवती तथा सुत्केरीको अवस्था र जटिलता अनुसार स्थानीय सरकारले समेत पहल गर्दै आएको छ ।

भौगोलिक र आर्थिक अवस्थाका कारण तत्कालै सुविधा सम्पन्न अस्पतालमा पु¥याउन नसक्ने अवस्थाका नागरिक यसबाट बढी लाभान्वित छन् । लगातार लामो प्रसव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएमा, गर्भमा नै शिशुको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्याधिक शरिर सुन्निएमा, सुत्केरी पश्चात अत्यधिक रक्तश्राव भएमा, रक्त अल्पता भएको गर्भवती भएमा हवाई उद्दार गरिदै आएको छ । हवाई उद्दारका लागि स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई सम्बन्धित प्रमुख जिल्ला अधिकारी अथवा स्थानीय तहको प्रमुखको समन्वयमा हवाई उद्दार गरिदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *