९ वर्षिया बालिकालाई यौन दुव्र्यवहारको आरोपमा एक युवा पक्राउ

आदर्श अनलाइन,पोखरा

९ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पोखराबाट १ जना पक्राउ परेका छन् ।

गत भदौ ३० गते दिउँसो ४ बजेको समयमा ९ वर्षीय बालिकालाई ललाईफकाई एकान्त स्थानमा लगेर यौन दुव्र्यवहार गरेको आरोपमा पोखरा १९ बस्ने ३२ वर्षीय विकास विक पक्राउ परेका हुन् ।

धादिङको गंगाजमुना गाउँपालिका ६ घर भई पोखराको लामाचौर बस्दै आएका विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गत भदौ ३१ गते पक्राउ गरेको हो ।

उनलाई बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *