संविधान दिवसका अवसरमा धौलागिरीका १७ जनालाई बिभुषण

धौलागिरीबाट क-कसले पाए कुन बिभुषण ?

आदर्श अनलाइन, बागलुङ

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले धौलागिरीका १७ जनालाई विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषणको घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । धौलागिरी तर्फ बिभुषण पाउनेमा प्रवल जनसेवा (तृतिय) छिरिङ लामा गुरुङ प्रमुख जिल्ला समन्वय समिति मुस्ताङ,रविन्द्रजंग लामिछाने कृषक मोदी गाउँपालिका पर्वत देवकुमार नेपाली मेयर ढोरपाटन नगरपालिका बागलुङ रहेका छन् ।

किर्तिमय राष्ट्रदीप –चतुर्थ) निर्मल पुर्जा पर्वतारोही दाना १ म्याग्दी, प्रवल जनसेवा (चतुर्थ) शुभशंकर कंडेल पत्रकार बागलुङ, धिरेन्द्रराज पन्त जिल्ला प्रशासन कार्यालय बागलुङ छन् ।

यसैगरी, प्रवल जनसेवा (पञ्चम) कर्म गुरुङ कृषक घरपझोङ गाउँपालिका मुस्ताङ हरिनारायण गौतम पत्रकार बागलुङ,शिवलाल शर्मा टाइपिस्ट नासु सिञ्चाई डिभिजन म्याग्दी,गोविन्द प्रसाद शर्मा लेखापाल मालपोत कार्यालय बागलुङ,महेन्द्र बहादुर गोदार हुद्धा सैनिक उच्च शिखर शिक्षालय मुस्ताङ रहेका छन् ।

राष्ट्र यशोवद्धक सुरत केसी बेनी नगरपालिका ५ म्याग्दीलाई प्रदान गरिने भएको छ भने अति पौरख भास्कर रुपकजंग थापा सेनानी सैनिक उच्च शिखर शिक्षालय मुस्ताङ, महापौरख भास्कर सुरेश देवकोटा सेनानी श्री बक्स गुल्म अर्थुगें म्याग्दी, नेपाल प्रताप भुषण खड्कसिहं नेपाली प्रहरी हवल्दार प्रहरी चौकी दरबाङलाई प्रदान गर्ने घोषणा गरिएको छ । यसैगरी, जिल्लाकै बलेवाका गृह मन्त्रालयमा कार्यरत बिमल पौडेल र बानपा-३ का गण्डकी प्रदेश कानुन तथा संवैधानिक मामला महाशाखाका सचिव दलबहादुर अधिकारीलाई पनि बिभुषण प्रदान गरिने भएको छ । अहिले घोषणा गरिएको बिभुषण आगामी संविधान दिवसका अवसरमा प्रदान गरिनेछ ।

मानपदवीतर्फ सु-प्रसिद्ध प्रबल जनसेवा प्रथम डा. सन्दुक रुइतलाई दिइएको छ । यस्तै प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सु-प्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

धौलागिरीबाट क-कसले पाए कुन बिभुषण ?

प्रवल जनसेवा (तृतिय)

छिरिङ लामा गुरुङ प्रमुख जिल्ला समन्वय समिति मुस्ताङ
रविन्द्रजंग लामिछाने कृषक मोदी गाउँपालिका पर्वत
देवकुमार नेपाली मेयर, ढोरपाटन नगरपालिका बागलुङ,
बिमल पौडेल गृह मन्त्रालय
दलबहादुर अधिकारी सचिव गण्डकी प्रदेश कानुन तथा संवैधानिक मामला महाशाखा
किर्तिमय राष्ट्रदीप (चतुर्थ)
निर्मल पुर्जा पर्वतारोही दाना १ म्याग्दी

प्रवल जनसेवा (चतुर्थ)
शुभशंकर कंडेल पत्रकार बागलुङ
धिरेन्द्रराज पन्त जिल्ला प्रशासन कार्यालय बागलुङ

प्रवल जनसेवा (पञ्चम)
कर्म गुरुङ कृषक घरपझोङ गाउँपालिका मुस्ताङ
हरिनारायण गौतम पत्रकार बागलुङ
शिवलाल शर्मा टाइपिस्ट नासु सिञ्चाई डिभिजन म्याग्दी
गोविन्द प्रसाद शर्मा लेखापाल मालपोत कार्यालय बागलुङ
महेन्द्र बहादुर गोदार हुद्धा सैनिक उच्च शिखर शिक्षालय मुस्ताङ

राष्ट्र यशोवद्धक
सुरत केसी बेनी नगरपालिका ५ म्याग्दी

अति पौरख भास्कर
रुपकजंग थापा सेनानी सैनिक उच्च शिखर शिक्षालय मुस्ताङ

महापौरख भास्कर
सुरेश देवकोटा सेनानी श्री बक्स गुल्म अर्थुगें म्याग्दी

नेपाल प्रताप भुषण
खड्कसिहं नेपाली प्रहरी हवल्दार प्रहरी चौकी दरबाङ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *