नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०० नाघ्यो

आदर्श अनलाइन, बागलुङ
पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *