गण्डकी प्रदेश प्रमुखद्वारा कार्यालय र निवासमा झण्डोत्तोलन

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले छैठौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रदेश प्रमुखको कार्यालय र निवासमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नुभएको छ ।

यसपाली कोरोना महामारीका कारण गण्डकी प्रदेशमा कुनै औपचारिक नभएकाले कार्यालयमा झण्डोत्तोलन गरी संविधान दिवस मनाइएको हो ।

प्रदेश प्रमुख शेरचनले शहीदचोक स्थित प्रदेश प्रमुखको कार्यालय र सिमलचौरस्थित निवासमा झण्डोत्तोलन गर्नुभएको हो ।

यसअघि, शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालय र निवासमा दीप प्रज्ज्वलन समेत गरिएको थियो । प्रदेश प्रमुखको निवासमा आइतबार साँझसम्म तीन दिन दीप प्रज्ज्वलन गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *