बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

आदर्श अनलाइन, बागलुङ

ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु. ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ ।

युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो । बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई १९ हजारका दरले किरिया खर्च र प्रति मृतक रु. पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिनुभयो ।

“पाँच जना सदस्य गुमाएको परिवारले रु. ४४ हजार राहत रकम पाउनुभएको छ”, उहाँले भन्नुभयो । २२ मृतक परिवारले कुल रु. छ लाख १३ हजार राहत रकम पाएका हुन् ।

यस्तै घाइते दुई जनालाई दश÷दश हजार, बाढीले पूर्ण क्षति पु¥याएका ५५ घरका परिवारलाई रु. आठ हजारका दरले राहत प्रदान गरिएको हो ।

आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले रु. चार हजार र अन्यले रु. एक हजारका दरले राहत बुझेका थिए । बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना र स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिँहले बताउनुभयो ।

“बाढी प्रभावितका लागि सेनिटाइजर, मास्क, साबुनलगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ”, उहाँले भन्नुभयो । बाढीको घटना थाहा पाउनसाथ तीनै संस्थाका युवाहरु मिलेर राहत अभयिान थालेका थिए ।

बाढी प्रभावितको राहतका लागि देश–विदेशमा रहेका नेपालीहरुबाट स्वतःस्फूर्त रुपमा सहयोग जुटेको युसबी सेवाका अध्यक्ष थापाले बताउनुभयो ।

तमानखोला, निसीखोला, बडिगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका विपद् प्रभावित परिवारलाई पनि राहत बाँड्ने योजना रहेको अध्यक्ष थापाले सुनाउनुभयो ।

राहत अभियानमा अध्यक्ष थापा, अध्यक्ष सिँह, इन्साइड बागलुङका संस्थापक राजकुमार श्रेष्ठ, सदस्य जीवन मल्ल, डिकु ठकुरी, धु्रव शेरचन, दीपेन्द्र श्रेष्ठ, यामु पौवी, राजकुमार रसाइली, भीमु क्षत्री, दिलीप खत्री, उपेन्द्रबम मल्लगायत सक्रिय थिए ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लिएको थियो । १६ जना अझै बाढीमा बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ ।

सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाए, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । बाढी प्रभावितको पुनःस्थापनाका लागि देश–विदेशमा सहयोग अभियान चलाइएको छ ।

ढोरपाटन नगरपालिकाका अनुसार हालसम्म रु. ८० लाखभन्दा बढी रकम राहत कोषमा जम्मा भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *