लकडाउन खुलेपछि के हामी सुरक्षित छौ ?

यमन परियार
स्वास्थ्यकर्मी
दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, म्याग्दी

लकडाउन खुल्नु भनेको कोरोनामुक्त हुनु हैन । क्वारेन्टाइनमा बस्नु हुने र संक्रमितहरु धेरैजसो बैदेशिक रोजगारबाट फर्किनुभएकाहरु र तन्नेरी उमेरका भएकाले रोग प्रतिरोधात्मक क्षमता उच्च भएकै कारण मृत्युदर कम होला कि भन्ने अनुमानलाई पनि मनन गर्न जरुरी छ ।

लकडाउन खुले पनि कोरोना भाइरस संक्रमणको अबस्था र जोखिम उस्तै देखिन्नछ । यसबाट अहिलेनै मुक्त हुने अवस्था आउँछ भनेर आँकलन गर्न सक्ने अवस्था छैन । कोरोना जोखिम बिद्यमान रहिरहेको अवस्थामा सुुरक्षित यात्रा गर्नुपर्ने चुनौती छ । यसका साथै वर्खायाममा बाढी पहिरोको उच्च जोखिम कायमै रहेकाले अत्यावश्यक काम नपरे सम्म सके सम्म टाढाको यात्रा नगर्नुहोस् ।

विदेशबाट आउनु भएकाहरुलाई अनिबार्य क्वारेन्टाइन गरिएको भए पनि क्वारेन्टाइनको उचित ब्यबस्थापन गर्न समस्या सँगै क्वारेन्टाइनबाट घर फर्कि सकेपछि पनि कहिकतै कोरोना संक्रमित भेटिए र नेपाल भारत खुल्ला सिमाना भएकोले सतर्क सधै हुन जरुरी देखिन्छ ।

लकडाउन भए पनि नभए पनि मास्क, सेनिटाइजर, भौतिक दुरी लगायतको स्वास्थ्य सुरक्षा मापदण्ड, प्रणाली र नियम पालनाले महामारीबाट जोगिन मद्दत गर्दछ । यसमा सरकार मात्र होइन, आम नागरिकहरुको भुमिका पनि महत्वपूर्ण हुन्छ ।

आ–आफ्नो ठाउबाट सुरक्षाका लागी दायित्वबोध र सहयोग गर्न अझै पनि जरुरी हुन्छ । हस्पिटल तथा बिभिन्न स्वास्थ्य संस्थाहरुमा अरु रोगका बिरामीहरु पुगिरहेका छन् । तर, एउटा रोगको उपचारका लागि गएर स्वास्थ्य सुरक्षामा ध्यान नदिदाँ कोरोनाको रोग लिएर फर्कने जोखिम बिद्यमान रहेकाले यसमा पनि बिशेष ध्यान दिनुपर्दछ ।

माक्सको सट्टा एकछिन त हो नि, पछ्यौरी बाक्लो नि छ भन्ने कदापी नसोच्नुहोस् । पछ्यौरी भन्दा माक्सको प्रयोग नै धेरै सुरक्षित हो । स्वास्थ्य संस्थामा जाँदा भिडभाड सकेसम्म नगर्नुहोस । पालो पर्खने र इमर्जेन्सी बाहेकको उपचारलाई हतार नगर्नुहोस् । आफै स्वास्थ्य संस्थामा आउन सक्ने बिरामीहरुको लागि अरु सहयोगी (ख्ष्कष्तयचक) हरु सकेसम्म नआउनुहोस् । बैंक तथा स्वास्थ संस्था जानु अघि र त्यहा बाट फर्किए पछि अनिबार्य साबुन पानीले मिची मिची हात धुनुहोस् । सम्भव हुन्छ भने सेनिटाइजरको प्रयोग पनि गर्नुहोस् ।

स्वास्थ्कर्मीहरु प्रत्यक्ष धेरै बिरामीहरुको सम्पर्कमा रहने र जोखिम धेरै हुन सक्ने हुँदा सामाजिक दुरि कायम गर्नु, बिरामीलाइ छोएर जाँच नगर्नु, लक्षण सोधिएको आधारमा उपचार गर्नु भनेको बिरामी र स्वास्थयकर्मी दुबैको संक्रमण जोखिम कम गर्नका लागि हो । छोएर जाँच गर्नु पर्ने भए स्वास्थ्यकर्मी आफैले मनन गरेर जाँच गर्नुहुनेछ । नागरिक स्वास्थ्य राज्य र यसका निकायको पहिलो प्राथमिकताको बिषय बन्नुपर्छ र बनाइएको छ । यसमा कठिन जोखिमका बीच पनि स्वास्थ्यकर्मीहरु फन्टलाइनरको रुपमा खटिएका छन् । कुनै स्वास्थ्यकर्मीमा यो बिरामीलाइ नराम्रो गरौ या दुख दिउ भन्ने हुँदैन ।

तसर्थ, सकेसम्म भिडभाडमा नजानुहोस्, जानै परे सामाजिक दुरि कायम गर्नुहोस् । अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुहोस् । बारम्बार साबुन पानीले हात धुनुहोस् । सुर्ती र पान जथाभावी नथुक्नुहोस् र अरुले मिचेको एकापसमा आदान प्रदान गरेर नखानुहोस् । साथै अनावश्यक बारम्बार आँखा मिच्ने मुखमा लैजाने आदि व्यवहारहरुलाई सच्याउनुहोस् । समुदाय स्तर समेत फैलिरहेको कोरोना संक्रमणको जोखिमबाट आँफु पनि बच्नुहोस् । अरुलाई पनि बचाउनुहोस् । एक जना संक्रमितको बेवास्ताबाट दर्जनौमा संक्रमण फैलिने भएकाले जो कसैले पनि आफ्नो र अरुको स्वास्थ्यमा खेलवाड नगर्नुहोस् । अहिलेको संकट नेपाल मात्रले नभई विश्व समुदायको साझा समस्या हो । यो संकटबाट पार पाउन अनवरत शक्तिशाली, विकसित देशहरुले प्रयत्न जारी राखे पनि आजको दिन सम्म पूर्ण भरोसाको भ्याक्सिन खोप या औषधि पत्ता लाग्न सकेको छैन । अतः अहिलेको उत्तम उपाय भनेकै पूर्ववत सर्तकता नै हो । हामी सबैले ख्याल गरौ, जिम्मेवार बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *