बाढीमा बेपत्ता भनिएकी बालिका शकुसल

ढाेरपाटन बाढीमा बेपत्ता भनिएकी बालिका सकुशल भाद्र १७ गते राति बाढीमा परि बेपत्ता भएका भनिएका ३८ जनामध्ये एक जना बालिका सकुशल फेला परेकी छिन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ का बेपत्ता बनाएको भनिएका ६ वर्षीया बालिका प्रतिक्षा विक आफनै घर ढोरमा रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

घटनामा ३७ जना बेपत्ता मध्ये २२ जनाको शव फेला परेकाे छ भने अझै १५ जना बेपत्ता छन् । ढोरपाटनमा सकुशल भेटिएकी बालिका प्रकाश बिककी छोरी हुन् ।

बालिका आफ्नो अर्काे घर ढोरपाटन हजुरबा आमासँग गएको तर घटना भएदेखि परिवारसँग टेलिफोन सम्पर्क नभएका कारण उनी बेपत्ता सुचिमा थिइन् ।

तर, बालिका सकुशल भेटिएको ढोरपाटन नगरपालिका ८ का वडा अध्यक्ष नन्दे सुनारले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *