रायडाँडामा नेकपाको शोकसभा

आदर्श अनलाईन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटि बागलुङले रायडाँडामा शोकसभा सम्पन्न गरेको छ । साविक रायडाँडा गाविसका पूर्व अध्यक्ष पर बहादुर थापाको निधन भएको १३ औं दिनको पुण्य तिथि पारेर उहाँकै घर रायडाँडा सरलाङमा शोक सभा गरिएको छ ।

शोक सभा कार्यक्रममा बोल्दै प्रमखु अतिथि बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उहाँले गाविस अध्यक्ष हुँदा गर्नुभएको विकास निर्माण लगायतका कामहरु विर्सन नसक्ने बताउनुभयो ।

कार्यक्रममा नेकपका जिल्ला नेता कृष्ण पाठक, रेशम थापा र नेकपा रायडाँडाका अध्यक्ष ओम बहादुर केसी लगायतले शोक मन्तव्य राख्दै थापाप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

२००० वैशाख १३ गते रायडाँडामा जन्मनुभएका थापा २०५४ देखि २०५९ सम्म रायडाँडाको गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । थापाको २०७७ भदौं २३ गते ७७ वर्षको उमेरमा निधन भएको थियो । शोक सभा नेकपा नगर कमिटि बागलुङका सचिव इन्द्र केसीले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *