नेपालमै पहिलो पटक ‘नबिल फोन लोन’ सुविधा

आदर्श अनलाइन, बागलुङ
नबिल बैकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ ।

डिजिटल बैंकिङ प्रणालीमा प्राथमिकता दिएकोे नबिलले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने सुविधा थप गरेको हो ।

नबिल स्मार्ट बैंक विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवा अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने नबिल बैंक बागलुङका शाखा प्रमुख सुशान्त श्रेष्ठले जानकारी दिनुभयो ।

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा धाउनु नपर्नै, कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् । बिना धितो ऋण प्रवाह हुनेछ । अधिकतम एक लाख रुपियाँसम्म ऋण उपलब्ध गराउन सकिने शाखा प्रमुख श्रेष्ठको भनाई छ ।

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार फोन लोन बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्नेछ ।

उहाँले भन्नुभयो ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’ हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *