सहकारीको ब्याजदर १४.७५ प्रतिशत कायम, कात्तिक १५ गतेदेखि लागु हुने

आदर्श अनलाइन, बागलुङ

सहकारी संघ संस्थाले ऋणमा लिदै आइरहेको ब्याजको सिमा १४ दशमलव ७५ प्रतिशत कायम गरिएको छ ।

सहकारी विभागमा सोमबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको वैठकले उक्त निणय गरेको हो । दोस्रो पटक कायम गरिएको १४ दशमलव ७५ को सिमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने समितिले जनाएको छ । समितिले पहिलो पटक २०७६ साउन १९ गतेदेखि लागु हुने गरी १६ प्रतिशत सिमा कायम गरेको थियो ।

लघुवित्त संस्थाहरुको ब्याजदरको सिमा १५ प्रतिशत कायम भएपछि सहकारीको ब्याजदर कम गर्नु पर्ने दवाव पर्दै आएको थियो ।

सहकारीको ब्याजदर निर्धारण समितिले देशभरका सहकारीहरुको ब्याजदर अध्ययन गरी सिफारिस गर्न राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले देशभरका सहकारी संघ संस्थाहरुसंग लिएको सुझावका आधारमा ब्याज निर्धारण गरिएको समितिले जनाएको छ ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको संयोजकमा सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे रहनु भएको छ । सहकारी ऐन २०७४ को दफा ५१ मा सहकारी विभागका राजिष्ट्रारको संयोजकत्वमा मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघको अध्यक्ष वा निजले तोकेको सञ्चालक प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकको प्रतिनिधि, महासंघको अध्यक्ष वा निजले तोेकेको सञ्चालक एक र महासंघले तोकेको केन्द्रीय विषयगत संघहरु मध्येबाट २ जना प्रतिनिधि, सहकारी विभागको उपरजिष्ट्रार सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *