बागलुङ नगर स्वास्थ्य शाखाको समिक्षा र सम्मान

आदर्श अनलाईन, बागलुङ

बागलुङ नगरपालिकाको स्वाथ्य सम्बन्धी दुई दिने समिक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ । बागलुङ नगरपालिका अन्र्तगत सञ्चालित २१ वटा स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधि सहितको समिक्षा कार्यक्रमले कोरोना कहरमा निरन्तर खटेपनि स्वास्थ्यका सूचक पुरा गर्न समस्या भएको बताइएको छ ।

समिक्षा कार्यक्रमको समापनका अवसरमा दुईजना व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै नगरपालिका नगरप्रमुख जनकराज पौडेलले कोरोना नियन्त्रणका लागि नगर स्वास्थ्य शाखाले खेलेको भूमिका प्रशंसा योग्य रहेको बताउनुभएको छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं, सम्मानित व्यत्तित्व अर्जुन खत्री, डिल्लि आचार्य र नारायण शर्माले मन्तव्य राख्नुभएको थियो । समिक्षा कार्यक्रममा कोरोना महामारीमा निःशुल्क सवारी साधन उपलव्ध गराउने ममता पाठशालाका प्रिन्सिपल अर्जून खत्री र तिम्लिया बच्चा जनमाउने बागलुङ नगरपालिका–१ रामरेखाका उमा र केदार शर्मालाई दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम नगर स्वास्थ्य शाखाका शाखा प्रमुख राम प्रसाद खनालको अध्यक्षता तथा शुसिल पौडेलका सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *