आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयले पर्वत कुश्मा नगरपालिका १९ , २० र ३३ वर्षका पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ८२ पुगेको छ ।