बैंकर्स बागलुङले दियो जैमिनीका पहिरो पीडितलाई राहत

आर्दश अनलाईन, बागलुङ
बैंकर्स बागलुङले जैमिनीका पहिरो पीडितलाई राहत दिएको छ ।

भदौ २८ र २९ गते पहिरोमा परि ज्यान गुमाएका र घर जोखिमा परेका परिवारलाई राहत हस्तान्तरण गरेको हो ।

पहिरोमा परि ज्यान गुमाएका वडा नम्बर १ हरिकृष्ण पौडेल, लक्ष्मीदेवी शर्मा र वडा नम्बर ५ बिनामारेका जल्पा पाध्यको परिवार अन्य घर जोखिममा परेका ७ परिवारलाई ५/५ हजारका दरले नगर उप–प्रमुख लिला राना र बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माले हस्तान्तरणा गर्नुभएकाे हाे ।

बागलुङ बजारमा रहेका २८ वटा बैंककामा कार्यरत कर्मचारीहरुबाट संचालित रकमले पहिरो पीडितलाई राहत दिइएको बैंकर्स बागलुङका अध्यक्ष शर्मा बताउनुभयाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *