प्रहरीद्वारा तीन फरार अभियुक्त पक्राउ

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार तीन फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्धाका दुई र लागुऔषध मुद्दाका एक जना अभियुक्तलार्ई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

बागलुङको गलकोट नगरपालिका–१ का ३२ वर्षीय सवारी ज्यान मुद्दाका फरार अभियुक्त होमबहादुर कुँवरलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत बागलुङले २०७६ भदौ ३१ गते कुँवरलाई १ महिना १० दिन कैद र २ हजार जरिवाना तोके पनि उनी हालसम्म फरार सुचिमा रहेका थिए ।

सोही ठाउँका ४१ वर्षीय हिराबहादुर घर्ती पनि घरबाटै पक्राउ परेका छन् । घर्तीलाई जिल्ला अदालत बागलुङले २०७६ पुस २४ गते सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार जरिवानाको फैसला गरेको थियो ।

यसैगरी, बागलुङ नगरपालिका–६ का २६ वर्षीय अनुराग सापकोटा पनि पक्राउ परेका छन् । लागुऔषध मुद्दामा सापकोटालाई जिल्ला अदालत बागलुङले २०७५ पुस २ गते २ हजार जरिवानाको फैसला गरेको थियो । सापकोटालाई पनि प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत बागलुङले मुद्दा फैसला भए पनि फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिहरु घरमा लुकिछिपी बसेको सूचनाको आधारमा पक्राउ गरी अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *