गलकोट र बडिगाडमा पहिरो, मध्यपहाडी लोकमार्ग अबरुद्ध

–आदर्श अनलाईन, बागलुङ
राष्ट्रिय गौरवको आयोजना रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । आइतबारदेखि परेको निरन्तको वर्षापछि बागलुङ जिल्लाको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा पहिरोजादा लोकमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गलकोट नगरपालिका–७ आँगाखेत नजिकै र बडिगाड गाउँपालिका–२ राक्से भन्ने स्थानमा पहिरो खस्दा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बडिगाड गाउँपालिकाको राक्सेमा सोमबार पहिरो खसेर अबरुद्ध सडक मंगलबार बडिगाड गाउँपालिकाको डोजरले खुलाएको थियो । पुन मंगलबार रातीबाट त्यस क्षेत्रमा पुन सडक अबरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध भए पछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै रुकुम पुग्ने सवारीसाधनहरु समस्यामा परेका छन् । एक हजार ७७६ किलोमिटर लामो पुष्पलाल मध्ये पहाडी लोकमार्गको सबै भन्दा बढीं १४२ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । जसमध्ये ५२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *