निसीखोलाका बुढा मगरको पहलमा ढोरपाटनका बाढी पीडितलाई ५ लाख ४० हजार सहयोग

आदर्श अनलाइन, बागलुङ
निसीखोलाका एक युवाले ढोरपाटनका बाढी पीडितका निम्ती पाँच लाख ४० हजार रुपैयाँ संकलन गरी सहयोग गरेका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ५ घर भई हाल पोखरा बस्दै आएका थमन बुढा मगरले आफ्नो पहलमा ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ वडाका पीडितका लागि राहत रकम संकलन गरी हस्तान्त्रण गरेका हुन् ।

बुढा मगरले चलाएको अभियानमा बहाइनबाट देवबहादुर पुनले ९६ हजार, ७ सय ७९ र सिंङ्गापुरबाट विबेक पुनले ८७ हजार संकलन र स्वदेश तथा विदेशबाट धेरैले सहयोग गरेको उनको भनाई छ ।

पीडितहरुको माझमा पुगेर बाढीका कारण ज्यान गुमाएका र बेपत्ता परिवारका निम्ती प्रति परिवार १० हजार, पूर्ण रुपमा घरबासको क्षेतिभएका परिवारका निम्ती ३/३ हजार, घाईतेका लागि २/२ हजार र आंशिक क्षति भएका परिवारका निम्ती १५ सय रुपैयाँ गरी आफुले राहत हस्तान्त्रण गरेको बुढामगरले बताए ।

आफुले यस क्षेत्रका पीडित जनताको निम्ती थोरै भए पनि राहत उपलब्ध गराउने उदेश्य स्वरुप घटना स्थलमै पुगेर वडा अध्यक्ष हरिबहादुर घर्ति, नन्दे सुनार र प्रहरीको रोहबरमा स्थानीय पीडित समुदायलाई सहयोग गरेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *