रिघा पुग्ने ग्रामीण कृषी सडककाे मुख्य नाकामा पहिराे

रबिना बाेहरा, बागलुङ
बागलुङका विभिन्न ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंगै यातायातका साधन आवातजावत बन्द भएका हुन् ।

बुधबार बागलुङकाे गलकाेट नगरपालिका-११ मजुवा, खेरादी, किम्ले, रिघा ग्रामिण कृषी सडककाे मुख्य नाकामा पहिराे जादा सडक अबरुद्द भएकाे छ ।

निरन्तरकाे वर्षाका कारण माथिबाट खसेकाे पहिराेले बाटाे अवरुध्द हुदा यात्रुहरुलाई आवतजावत गर्न, कृषी उपज आयात तथा निर्यात गर्न समस्या भएकाे गलकाेट नगरपालिका-११ रिघा मजुवाका स्थानीय सुदर्शन नेपालीले बताउनुभयाे ।

“मजुवा देखि रिघा जाने मुख्य नाका नै बन्द भएपछि अहिले विभिन्न कामका लागि ओहाेरदाेहाेर गर्नै समस्या भएकाे छ, अब बाटाे कहिले खुल्छ, सवारी हिड्न नसकेपछि पैदल हिड्नुपर्ने समस्या छ ।” नेपालीकाे भनाई छ ।

सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेकोे स्थानीयबासीले जनाएका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका १० वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *