निरन्तरको वर्षा, जोखिम र सतर्कता

फाइल तस्वीर

सम्पादकीय
दुई दिन यता देशभर भारी वर्षा भइरहेको छ । यो क्रम निरन्तर पाँच दिन रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । निरन्तरको वर्षाका कारण गण्डकी प्रदेश र बागलुङमा पनि बाढी, पहिरो जस्ता विपद् आउने क्रम जारी छ । मध्यपहाडी लोकमार्गका दर्जनौ खण्ड अवरुद्ध छन् । कालीगण्डकी करिडोरको हालत उस्तै छ । अरु शाखा सडक सञ्जालहरु पनि उसैगरी भत्किएका छन् । अझ बाँकी तीन दिन हुने वर्षाले कहाँ कहाँ कति जनधनको क्षति पु¥याउने हो ? अनिश्चित छ । डरलाग्दो एकैनाशको झरीले कैयन जोखिमयुक्त वस्तीका नागरिक जाग्राम बसेर रात बिताएका छन् । कैयन नागरिक घर नै छोडेर अरु वस्ती र घरमा पुगेर आश्रय लिइरहेका छन् । पहाडी भुबनोट, त्यसमा पनि भिरालो र कमजोर भौगोलिक अवस्थमा छ । प्राकृतिक रुपमा यस्तो जाखिमयुक्त अवस्थाका बीचमा मानवीय विकास, सेवा सुविधाका लागि मनपरी सडक पु¥याइएको छ । गाउँमा मात्र होइन, टोल–टोल र घर–घरमा समेत सडक खन्दा अहिलेको भारी वर्षाले कुन बेला कहाली लाग्दा घटना हुने हो ? सर्वत्र सन्त्रास पैदा भएको छ ।

यस वर्ष अरु बेलाका भन्दा बढी नै वर्षा भइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा त २१ वर्ष यताकै सबै भन्दा ठुलो वर्षा यस पटक भयो । अहिले लगातार पानी परिरहनुमा केही कारण रहेको मौसमविद बताउँछन् । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र पश्चिम तथा उत्तरपश्चिम सर्दैछ । जसले गर्दा देशका बिभिन्न स्थामा सामान्यदेखि पूर्णतया बदली रही मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । गण्डकी प्रदेशका केही स्थानहरुमा अबको केही दिन भारी वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । भारी वर्षा सँगै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन त जरुरी छ नै । यसअवधिमा घरमा रहँदा पनि आसपासमा के कस्ता जोखिमको अवस्था छ ? ख्याल गरौ । कोरोना जोखिमका साथै बाढी, पहिरोको पनि यस बेला बढी जोखिम रहेकाले सके सम्म यात्रा नगरौ । चाहे पैदल होस् या सवारी साधनको यात्रा । यात्रा गर्नै परे पनि सचेततापूर्वक यात्रा गरौ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको केही वर्ष अघि सम्म अनुमान मिल्दैनथ्यो । पानी पर्छ भनेको दिन पर्दैनथ्यो, पर्दैन भनेको दिन पानी पथ्र्यो । सम्भवतः हामी सँग समय सापेक्ष मौसम बिश्लेषण गर्ने आधुनिक प्रविधिको अभाव थियो । अहिले भने प्रविधि सबै हिसावले सहज र दखल राख्ने अवस्थाले होला अनुमान सही सावित भएको छ । यसले मौसम पूर्वानुमान शाखा प्रतिको बिश्वास र भरोसा मात्र बढाएको छैन । देशमा वर्षा र यस सँगै आउने विपद्को पूर्ववत सूचनाको अभावका कारण हुने ठुलो जनधनको क्षतिमा पनि कमी ल्याउन महत्वपूर्ण भुमिका खेलेको छ । मौसम पूर्वानुमान सँगै बढी जोखिममा रहेका क्षेत्रका नागरिकका मोवाइलमा समेत म्यासेज (सन्देश) पठाउने अभ्यासले विपद् पूर्व सचेत सतर्क बन्न बनाउन अहम् भुमिका खेलेको छ । अहिले मौसम पूर्वानुमान शाखाले अनुमान गरेको पाँच दिनको लगातार वर्षा चलिरहँदा पनि हामी सबै सचेत बनौ, सम्भावित विपद्को जोखिमबाट बचौ ।
(आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *