गरिबी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ : सचिव पाण्डे

आदर्श अनलाइन, ललितपुर
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्रको बढाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनु भएको छ ।

नेटवर्क फर डेभलपमेण्ट अफ एग्रीकल्चर कोपअरेटिभस इन एशिया (नेडाक) र राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधवार संयुक्त रुपमा आयोजना गरेको एप्रेजल अफ प्रोजेक्ट प्रोपजल्स फर फाइनान्सिङ बाई ल्याण्डिङ इन्स्टीच्यूसन सम्बन्धी प्रोजेक्ट एप्रेजल फर फाइनान्सिङ कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

सचिव पाण्डेले नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिकाका बारेमा जानकारी गराउदै सहकारी क्षेत्रको दीगो विकास र गरिवी निवारणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिकामा जोड दिनुभएको थियो ।

कृषि लगायत उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन तथा वित्तीय अनुशासनको पालना गरी विपन्न वर्गका जनताको जीवनस्तर माथि उठाउने गरी सहकारी क्षेत्रका पुँजि परिचालनका लागि सहकारी क्षेत्रको ध्यान जानुपर्छ सचिव पाण्डेले भन्नुभयो–सहकारीमार्फत गरिवी न्यूनिकरणका लागि सहकारीको सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक छ ।

कारोना महामारीका कारण नेपालका सहकारी संघ संस्थाहरुको कर्जा कारोबारमा देखिएका चुनौतीहरु र समाधानका विषयमा समिक्षा तथा जानकारी गराउर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

नेडाकका अध्यक्ष सन्दिप नायकले नेडाकको बारेमा जानकारी दिनु भएको थियो । थियो उहाँले राष्ट्रिय सहकारी बैंकसंगको सहकार्यलाई निरन्तरता दिदै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारीको उपलब्धी बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा नेडाकका उपाध्यक्ष के.बी. उप्रेतीले कोरोना संकटका बीच पनि सहकारी क्षेत्रले वित्तीय, सेवा तथा उत्पादन क्षेत्रमा गरेको योगदान प्रभावकारी रहेको बताउनुभयो । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै कर्जा परिचालनमा चुनौती थपिएको भन्दै उप्रेतीले वित्तीय क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सहकारी र राज्यका बीचको समन्वय आवश्यक रहेको बताउनुभयो । उप्रेतीले नेपालमा देखिएको समस्या समाधानका लागि तालिममा सहकार्य गरेको भन्दै नेडाकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

तालिममा लिनाकका कन्सल्ट्याण्ट आश्विनी कुमारलेProject Report Formulation Process, लिनाकका सल्लाहकार एस के टकरलेTechnical, Commercial & Organizational Appraisal Technique,  परशुराम कुँवर Process Documentation as per law in Nepal, नेडाकका प्रिति गर्गल Financial Appraisal Techniques विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका पदाधिकारीहरु, सहकारी विभागका अधिकृतहरु, बैंकका सञ्चालक तथा लेखा समितिका पदाधिकारी सदस्यहरु, शाखा समन्वय उपसमितिका पदाधिकारीहरु, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *