अविरल वर्षाले खर्बाङमा पहिरो ३ घर जोखिममा

कमल पौडेल, खर्बाङ

गएराति देखि परेको अविरल वर्षाको कारण बडिगाड गाउँपालिका वडा नं. २ को खर्वाङ बजार माथिवाट पहिरो खस्दा ३ घर जोखिममा परेका छन्।

मध्यपहाडि लोकमार्गको छेउमा रहेका बावुराम जिसि, सिता खत्रि र टक बहादुर काउचाको घर जोखिममा परेको हो। पहिरोले केहि समय मध्यपहाडि लोकमार्ग समेत अवरुद्ध गरेको थियो।
माथिबाट डुडेवाचौर सामुदायीक बन सहितको क्षेत्रबाट झरेको पहिरो लोकमार्गमा अडिएको छ।

स्थानिय बासिन्दा तथा प्रहरीको सक्रियतामा सडक सञ्चालनमा आएको छ। सामुदायीक बन क्षेत्रबाट चर्किएकोले सो क्षेत्रमा अझै पनि पहिरो खस्न सक्ने संभावना देखिएको छ। त्यस्तै डुडेवाचौर भन्दा माथिपट्टी दनियाको थुम्काबाट ठूलो पहिरो जाने संभावना वढेको छ। लगातार परिरहेको वर्षाको कारण माथिबाट पहिरो खसेर केहि तल आएर अडिएको छ।

निरन्तरको वर्षा नरोकिने हो भने सिँगो डुडेवाचौरको बस्तिनै खतरामा देखिएको छ। त्यस्तै वडा नं. २ कै हाँडिखोलो पनि वढेको छ। सोहि खोलाको कारण हाँडिखोलाको वस्ति समेत जोखिममा परेको छ। निरन्तर परिरहेको वर्षाको कारणले विभिन्न स्थानमा पहिरो खसिरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *