प्रभावित बन्यो बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे

आदर्श अनलाइन, बागलुङ
बलेवा विमानस्थलको धावनमार्गको कालोपत्रे गर्ने काम पटक–पटक प्रभावित बन्दै आएको छ । गत आर्थिक मसान्त २०७६÷०७७ भित्रै धावनमार्गको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिएपनि शुरुमा कोराना भाइरस र लगाताको वर्षातका कारण विमानस्थलको काम कछुवा गतिमा अगाडि बढेको छ ।

कालोपत्रेका लागि बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रेको पूर्वाधार निर्माणको कार्य थालिए पनि निरन्तरको वर्षातले काम प्रभावित बन्दै आएको निर्माण कम्पनीले जनाएको छ ।

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का मार्फत २०७६ फागुनमा काम शुरु गरेको भएपनि बन्दाबन्दी र वर्षातका कारण कालोपत्रे गर्ने कार्य प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्रे गर्ने जिम्मा ल्याएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुका आधिकारीक प्रतिनिधि दिनेश रिजालले जानकारी दिनुभयो । “हामीले कोरोनाका कारण निर्माणमा तिब्रता दिन सकेनौं” रिजालले भन्नुभयो “कोरोनाको बन्दाबन्दी अन्त्यभएपछि काममा तिब्रता दिने भनेपनि वर्षातका कारण समस्या भएको छ, सडक अबरुद्ध भइरहेका कारण कच्चा पदार्थ आयतमा समेत समस्या छ ।”

अहिले विमानस्थलमा कटिङ र फिलिङको काम भइरहेको भएपनि निर्माणले तिव्रता दिन नसकेको स्थानीयले बताएका छन् । धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षिय योजना अन्र्तगत पहिलो चरणमा रु. चार करोड रकम बिनियोजन गरेको थियो ।

२०७७ फागुन महिना भित्र विमानस्थलको ७०० मिटर लम्बाई तथा ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खु संग रु.सात करोडमा ठेक्का सम्झौता गरेका थियो । कछुवा गतिमा भइरहेको निर्माणले सम्झौता अवधिभित्रै धावनमार्ग कालोपत्रेका लागि समस्या हुने देखिएको छ । ठेक्का सम्झौता भएलगतै धावनमार्ग कालोपत्र गर्नका लागि अवश्यक पूर्वाधार निर्माण गर्नका लागि शुरु गरेपनि बन्दाबन्दी र त्यसपछिको निरन्तरको वर्षाले पूर्वाधार निर्माणमा चुनौती बनेको छ ।

विमानस्थलको धावनमार्ग र विमान पार्कीङ स्थलकालोपत्रे हुने भागलाई कटिङ गरर फिलिङ गर्नेकार्य अन्तिम चरणमा पुगेको भएपनि वर्षातका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीका फिल्ड इन्चार्ज बासु थापाले जानकारी दिनुभयो । कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माण भएमा कात्तिक पछि कालोपत्रे थालिने थापाको भनाई रहेको छ ।

२६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधार र धावमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थल संग पुग्ने सडक कालोपत्रे नहुँनु लगायतका समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुन बन्दभएपछि नागरिक उड्डन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न थालेको छ ।

धौलागिरी अञ्चलको बागलुङ, पर्वत र म्याग्दीका जनतालई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि विमानस्थल स्तोन्नती गरिएको थियो । नेपाल एरलाइन्स र तारा एयरको टुइनेटर विमानले उडान भरेपनि वर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि बिमानस्थल बन्द भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *