गलकोटको चौराहा र रिघामा ७ घर पहिरोको जोखिममा

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा दुई घर पहिरोको उच्च जोखिममा परेका छन् ।

आइतबारदेखि परेको निरन्तर परेको वर्षातको कारण स्थानीय भिम बहादुर थापा काउचा, विष्णु राना श्रीसको बस्ती उच्च जोखिममा परेको छ । पहिरोले घर गोठ जोखिममा परेपछि पशुपंक्षी, अन्नपात र लत्ताा कपडा छिमेकीकोमा सारेर स्थानीय हिरा काउचाले जानका।री दिनुभयो ।

चौराहा, रुपाखानी पात्लेखोला जाने गोरेटो बाटो समेत अवरुद्ध भएको काउचाले बताउनुभयो । पहिरोले मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बर्तिबाङ सिधा यातायात अवरुद्ध भएको छ ।

त्यस्तै गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा पहिरोले ५ घर पहिरोले जोखिममा परेको छ ।
निरन्तर परेको वर्षाको कारण स्थानीय चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्र बहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभयो ।

उनीहरुले छिमेकी घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको अध्यक्ष श्रीसको भनाई छ । निरन्तर परेको वर्षाका कारण थप जोखि बढ्दै गएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *