बाढी र पहिरो पीडितको राहतका लागि महिला संघद्धारा १ लाख ९८ हजार संकलन

आदर्श अनलाइन, बागलुङ
नेपाल महिला संघ बागलुङले ढोरपाटन र जिल्लाका अन्य बाढी र पहिरो पीडितका लागि संकलित रकम सार्वजनिक गरेको छ ।

संघको बुधबार बसेको जिल्ला कमिटिको बैठकले बाढी र पहिरो पीडितका लागि स्वतस्फुर्त रुपमा १ लाख ९८ हजार ६ सय ९५ रुपैयाँ संकलन भएको कुरा सार्वजनिक गरेको छ । संघले सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई धन्यबाद दिँदै संकलित रकम स्थानिय जनप्रतिनिधि, काँग्रेस पार्टी, भातृ एवं सुवेक्षुक संस्थाका प्रतिनिधिको रोहबरमा छिटो भन्दा छिटो पीडित समक्ष पु¥याउने निर्णय गरेको महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन ।

बैठकले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारीमा जुटिरहेको समयमा हाल पार्टीको क्रियाशिल सदस्यता बितरणमा महिलाको संख्या बढाउनका लागी पार्टीको वडा देखी माथिल्लो तहसम्म आग्रह गरेको छ ।

त्यस्तै पार्टीको जिल्ला समिती , प्रतिनिधि सभा क्षेत्रीय समिति ,प्रदेश सभा क्षेत्रीय समिती ,पालिका स्तरका समिती र सबै वडा तहका पार्टीका संरचना पदाधिकारी चयन गर्दा हरेक निकायमा महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने माग गरेको छ ।

संघले पार्टीको सभापति वा उपसभापति एक पदमा अनिवार्य महिलाको उपस्थिति हुनुपर्ने माग राखेको अध्यक्ष शर्माले बताईन । बैठक अध्यक्ष शर्माको अध्यक्षता र सचिव उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *