५५ लाख रकम र दुई वर्ष कैद असुल गर्न बाँकी ठगी मुद्दाका एक पक्राउ

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले आज ठगी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले २०७१ असार ५ गते फैसला भई फैसला कार्यान्वयन हुँन बाँकी ठगी मुद्दका

गलकोट नगरपालिका–३ हटिया निवासी ओम बहादुर खड्कालाई आज जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँलाई ठगी मुद्दामा २ वर्ष ३ महिना १९ दिन कैद र रु. ५५ लाख ५२ हजार १२ रकम असुली गर्न बाँकी रहेको थियो । सूचना अधिकारी रेग्मीका अनुसार जिल्ला अदालतमा बागलुङमा आज पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार बागलुङ पठाइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *