मुस्ताङमा बगैँचाबाट असोज १५ अघि स्याउ टिप्न प्रतिबन्ध

एसके थकाली,जोमसोम

मुस्ताङका स्याउ बगैँचाबाट असोज १५ अघि स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ ।

काठमाडौं लगायतका स्थानबाट यसवर्ष बजार पुगेको मुस्ताङको स्याउमा गुणस्तर खस्किएको भन्दै केही सरोकारवालाले जिल्लामा गुनासो गरेपछि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङ तथा स्याउ जोन सञ्चालक समिति मुस्ताङको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

परियोजना इकाई तथा जोन समितिको गत भदौं ३१ गते बसेको बैठकले मुस्ताङको स्याउको स्वाद र गुणस्तरको कारण प्रख्याती कमाएकोमा पछिल्लो समय मुस्ताङका स्याउ धनी र व्यापारीले स्याउ पूर्ण विकसित नहुदै खरिदरबिक्री गरी बजार पु¥याउने गर्नाले स्याउको गुणस्तर खस्किएको ठहर गरेको छ। स्याउ नपाक्दै बजार पु¥याउने गर्नाले मुस्ताङको ब्रान्डमाथि नकारात्मक सन्देश प्रवाह हुन थालेको बताएको छ।

समुन्द्री सतहदेखि करिव २५ सय मिटरको चिसो हावापानीमा उत्पादन भएको मुस्ताङको स्याउमा पूर्ण रुपमा फलको स्वाद,गुणस्तर र स्याउको आकार ग्रहण नगर्दै बजार पु¥याउने परिपाटीले मुस्ताङको स्याउमा बजारका उपभोत्ताको गुनासो बढेको स्याउ जोन सञ्चालक समितिका अध्यक्ष जयन्द्रलाल थकालीले बताए।

पोखरा(काठमाडौंका उपभोत्ताले मुस्ताङका जनप्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायलाई फोनमार्फत स्याउको गुणस्तर खस्किएको गुनासो गरेपछि यसै वर्षदेखि स्याउ टिप्ने मिति तोकिएको अध्यक्ष थकालीले बताए। उनका अनुसार यसै वर्षदेखि असोज १५ अगावै कुनै पनि स्याउ बगैचा धनी र व्यापारीले स्याउ टिप्न नपाउने व्यवस्था गरेको हो। यसका लागि इकाई तथा जोन समितिले जिल्लाका स्थानीय तह, जनप्रतिनिधि, प्रशासन, प्रहरी लगायत सबै सरोकारवाला निकायलाई निर्णय कार्यान्वयनका लागि अनुरोध गरेको छ।

यस्तै परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख सुधीर थापाले स्याउ खरिद गर्ने व्यापारीहरुको व्यक्तिगत फाईदाका कारण स्याउ नपाक्दै बजार पु¥याउने चलनले गर्दा मुस्ताङको स्याउको पहिचान हराउने थालेको उल्लेख गरे। उनले भने, ‘हामीले बगैँचा धनी, व्यापारी लगायत सबैलाई स्याउको गुणस्तर नभरिदै स्याउ नटिप्न आग्रह गरेका छौं।’

असोज १५ पछि मात्र यहाको स्याउमा स्वादिलो, खदिलो र गुणस्तर पलाउछ। यसअघि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन समितिको बैठकले मुस्ताङमा स्याउ खरिद गर्न आउने व्यापारीलाई बगैँचा धनीको अनुरोधमा स्थानीय तहको सिफारिसपछि मात्र जिल्ला प्रवेशको अनुमति दिएको थियो। स्याउ खरिद आएका व्यापारीले (कोभिड(१९) कहरलाई ध्यानमा राखि १४ दिन क्वारेन्टाइनमा पूरा गरेर बगैँचामा स्याउ टिप्ने अनुमति दिएको थियो।

बेनी(जोमसोम अवरुद्ध सडक खुलेको अवस्थामा मुस्ताङमा दुई दर्जन स्याउ व्यापारी आएको प्रशासनले जनाएको थियो। यसवर्ष पनि स्याउ पाक्ने सिजन सुरु नहुदै करिव २० प्रतिशत स्याउ बजार पुगेको परियोजना इकाइको अनुमान छ। हरेक वर्ष हरितालिका तिजलाई लक्षित गर्दै स्याउ व्यापारी मुस्ताङ आउने गर्छन्। स्याउ धनीसँग बगैँचाको पेश्की दिने र स्याउ बजार पु¥याउने गर्नाले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको हो।

मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती विस्तार भएको छ। जसमा ५ हेक्टरमा लगाएको स्याउ बोटले फल दिने गरेको छ। परियोजना इकाइको वार्षिक प्रतिवेदनमा गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ फलेको थियो। तर यसवर्ष मौसमी आद्रताका कारण स्याउमा रोग देखिएकाले गतवर्षको तुलनामा उत्पादन घट्ने अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *