खानपान : कुन सुरक्षित ? कुन असुरक्षित ?

जिवनकुमार शाक्य
स्वास्थ्य लाभ भन्दा पेट भर्न, जिव्रोको स्वादको लागि या शरिरमा नशा जागोस् भनेर खाइरहेका छौं वा खान बाध्य पनि छौं । फलतः बाल्य अवस्था देखि सर्ने नसर्ने रोगहरु लागेर युवा, प्रौढ अवस्थामा अकालमा मर्ने, औषधि जिन्दगीभर खानु पर्ने भएर श्रम, समय पैसाको सत्यनाश भइरहेको पाउँछौे ।
टायरमा हावा ठिक्क मात्रामा र पेट्रोल या डिजेल शुद्ध भएर गाडी लामो समय सम्म खपे जस्तै खाना, खाजा खाएर स्वास्थ्य लाभ होस्, स्फुर्ती बाचुञ्जेल रहोस्, तब खाना खाजा हो । खाएर पेटमा नपच्ने सड्ने बढी अम्लियपन र ग्याँस बन्ने, ग्यासट्राईटिस अल्सर हुने, टाउको दुख्ने, हर्टएट्याक हुने, वाथ, क्यान्सर, सुगर, मुटु रोग, रक्तचाप वढाउने, पत्थर पार्ने, थाइराइड आदि नसर्ने रोग वनाउने, सुक्ष्म पोषण तत्वहरु, भिटामिनको कमी भई शरिरमा रोग प्रतिरोधात्मक शक्ति कम भएर स्वास्थ्य समस्या हुनु भनेको असुरक्षित खानपान हो । स्वास्थ्य लाभ भन्दा पेट भर्न, जिव्रोको स्वादको लागि या शरिरमा नशा जागोस् भनेर खाइरहेका छौं वा खान बाध्य पनि छौं । फलतः बाल्य अवस्था देखि सर्ने नसर्ने रोगहरु लागेर युवा, प्रौढ अवस्थामा अकालमा मर्ने, औषधि जिन्दगीभर खानु पर्ने भएर श्रम, समय पैसाको सत्यनाश भइरहेको पाउँछौे । हामीले स्वाद मनोरञ्जनका लागि रक्सीजन्य र चिसो पेय पदार्थहरु सँगै खाने, चुरोट सुर्ती खाना अघि पछि खाइरहेका छौ । बालबालिकालालई पनि यस्तै सिकाईरहेका छौं ।

– फोहोर दुषित पानी, बासी, सडे गलेको खाना खानु, झाडा पखाला, हैजा, टाइफाइड, पोलियो, आउँ रगतमासी, जुका, आदि करिव ६० प्रतिशत पेटको रोग निम्त्याउनु हो । भात पकाएको ३ घण्टा भित्र खान सल्लाह दिन्छन् चिकित्सकहरु ।
– औद्योगिक उत्पादन गरिएको रिफायन तेल घ्यूमा बढी खराब चिल्लो हुने यसलाई बढी तताएर, खराएर, फ्राई गरेको बढी विषजन्य हुने, बढी नुनिलो, मसला राखिएको, चिनी हालेको गुलियो, टेष्ट मेकर राखेको मासु माछा, मःमः, सुख्खा गेडागुडीहरु, वजारमा पाइने तयारी पोके वटटे खाजाहरु होटलमा तयार गरेको जेरी, पुरी, समोसा, बालुसाई आदि फ्राई गरेर तयार गरेको खानेकुरा, चिसो पेय पदार्थ, मात लाग्ने नशा लाग्ने रक्सीजन्य पदार्थहरु, मैदावाट तयार गरिएका पाउरोटी, डोनट र धेरैबेर पकाएको, घरिघरि तताएको रोटी तरकारी मासु, भातहरु र दुध र दहिजन्य खानाहरु सवै ढिलो विषजन्य हुने, आन्द्रामा सडेर ग्याँस, अम्ल बढी उत्पादन गर्ने शरिरमा खराब विषजन्य तत्वहरु जम्मा भई पछि सवै खाले खतरा नसर्ने रोगहरु लगाउने असुरक्षित खानपान हामीहरुले गरिरहेका छौं ।
– विहानै चिया, कफी खानु, खाना अघि या पछि खानु भनेको खाना पचाउन समस्या सिर्जना गर्ने हो । २,३ दिन पेटले धान्न सक्छ । तर, लामो समय सम्म खाँदा खाना नपच्ने पेटमा सड्ने हुन्छ । चिनी हालेको चिया कफी बढी अम्लकारक हुन्छ ।

– दुध विहान पिउनु पर्छ । चिनी हालेर पिउनु हुँदैन । यसमा पचाउन कठिन हुने गरि बढी खराब चिल्लो हुन्छ । दुध दही, फलफुल गेडागुडी,माछा, मासु, अण्डा, चिज, अमिलो पदार्थ सँग सँगै खानै हुँदैन । विशेष गरी केरासँग खान हुँदैन । नपच्ने र सड्ने भई पाचन शक्ति कमजोर हुन्छ ।

-चिसो पेय पदार्थहरु खाली पेटमा खानु बढी अम्लकारक र खानेकुराहरु सँग खाँदा नपच्ने र पेटमा सड्ने सम्भावना बढी हुन्छ । पेटको तातोपन वा अग्नीले पचाइरहेको अवस्थामा चिसो खन्याए जस्तै हुन्छ ।

-गुलियो जेरी, रसभरी, आइसक्रिम, मिठाइहरु पनि खान मन लागे खाए हुन्छ । तर, चिनी रोगमा र अन्य कूनै पनि खानेकुरा सँग र खाना खाइसके पछि खाँदा पनि एक दुई पटक पेटले पचाउला । पछि नपच्ने, सड्ने र विभिन्न नसर्ने रोगहरुको समस्या हुन्छ,।

-अमिलोजन्य खानेकुराहरु अचार, चटनीमा राखेर र गोलभेडाको अचार चटनीहरु पनि खाना सँगै वा खाना पछि खानुले पनि नपच्ने सड्ने समस्या ल्याउँछ । सलाडजन्य आईटमसँग काँचै खाने सागहरु सँग खान सकिन्छ पहिल्यै । माछा, मासु,अण्डा दही सँग गेडागुडीहरु, दुध, दही, फलफुल सँगै खाँदा पेटमा सड्ने समस्या बढी ल्याउँछ ।

– फलफुल खाँदा विहान पहिल्यै खाने हो । खाना पछि खाँदा सड्ने, नपच्ने समस्या हुन्छ । फलफुलहरु पनि गुलियो र खट्टो संँगै नखान सल्लाह दिनुहुन्छ । खरभुजा कूनै फल सँग खान हुँदैन भनिएको छ ।

-दही विशेष गरि साँझमा या बेलुकीको खाना सँगै खान हुँदैन जस्ले रुघा लाग्ने, घाटी दुख्ने, पिनाश बिग्रने बनाउन सक्छ । दही सँग माछा, मासु, अण्डा, चिज, फलफुल या गेडागुडी पनि नखान सल्लाह दिनुहुन्छ ।

– गुलियो आपँ, कटहर सँगै तातो सुपहरु, तितेकरेला, हरियो खुर्सानी पनि खानु हँुदैन । भिन्डी सँग तितेकरेला र मुला पनि सँगै खान हँुदैन, सेतो दुवी वा खराव छाला रोग निस्कन सक्छ ।
– तताएको मह नखाने, मह र घ्यु बराबर मिसाएर खान नहुने । तातोपानी, चिया खाएर चिसो पानी खाँदा पनि पाचन शक्ति गडवड गर्ने खाना दहन गर्ने क्रिया गडवडी हुन्छ । फलतः वान्ता आउने, पखाला लाग्ने आदि गराउन सक्छ ।

– खाना खानु अघि पछि र खाइरहेको बेलामा पानी नखाने, यसले पेटको खाना पचाउने, पेटको अग्नी चिसो बनाउने, अम्लियपन, ग्याँस वनाउने, पचाउन समस्या ल्याउँछ । पानी खाँदा चिया जस्तै विस्तारै पिउनु पर्छ । र विहानै मनतातो पानी पिउँदा पेट सफा गर्न र धेरै रोगहरुवाट बचाउन सहयोग गर्छ ।
यात्रा गर्दा र अरु समयमा भुलाउन वा खुसी पार्न बालबालिका केटाकेटीहरु सँग हामीले तयारी पोके वट्टे खराब चिल्लो, गुलियो, नुनिलो, मसालाजन्य, अजिनोमोटो राखेको ढिलो विषालु खानाहरु, मार्दा आदि खाने खुवाउने गरिराखेका छौ । जसले अनावश्यक बढी मोटोघाटो, हर्मोन उत्पादनमा असन्तुलन गराउन, भोक लाग्ने खाइराख्ने बनाउन, मानसिक हिसावले कमजोर, बच्चालाई नियन्त्रण नै गर्न नसकिने स्वभाव वा सम्झिने शक्ति कमजोर वनाएर पढ्नै नसक्ने, पत्थर पार्ने बनाइरहेका छौ । साथै विस्कुट,चकलेट आइसक्रिम खुवाएर घाँटी दुख्ने, मुख, दाँत कमजोर पार्ने, निमोनिया, मुटुको रोग सम्म लाग्ने बनाइरहेका छौं ।

गुलिया शक्ति दिने अन्नजन्य खानेकुराहरु क्षारिय माध्यममा पच्ने हुन्छ भने शरिर बनाउने, मोटाउने प्रोटिन खानेकुराहरु र चिल्लो पदार्थहरु अम्लिय माध्यममा त्यसैले भरसक भिन्दै समय मिलाएर खादा फाइदा हन्छ । भात, रोटी, दाल, तरकारी सँग गेडागुडी, माछा, मासु, अण्डा सँग नखाने भन्नुहुन्छ । अझ विशेष गरी खारिएको बढी तताइएको तेलहरुमा बनाइएका खानेकुरामा बढी खराब चिल्लो पदार्थ हुने र रगत नलीहरुको प्वाल टाल्ने समस्या र सुगर नियन्त्रण गर्न समस्या ल्याउने हुनाले नखान र मासु, माछा, गेडागुडी अण्डा सँगै नखाने भन्नुहुन्छ । यसलाई पचाउन पेटलाई बढी बल पर्ने र धेरै विषजन्य पदार्थ शरिरमा पस्ने बताउँनुहुन्छ ।

खाना छिटोछिटो नचपाइकन हतारले खाने भनेको खाना पचाउन सहयोग गर्ने ग्रन्थी रसहरु राम्ररी नमिसिने र नपच्ने गराउनु हो । रिस, तनाव, चिन्तामा पाचनशक्ति कम हुने अवस्था हो । कम समयको फरकमा भोक जागेको वेलामा खानु, कम्तिमा ४,५ घण्टाको फरकमा खानु, ठीक मात्रामा खानु सलाड आइटम सँग खाएर मात्र खाँदा पचाउन सजिलो हुने, पेटमा सड्ने समस्या नहुने हुन्छ ।
खानामा फलफुल क्षारियजन्य, अति छिटो पच्ने, सलाडजन्य, सागपात पनि पच्ने र पचाउन सहयोग गर्ने, सुख्खा फलफुलहरुः बदम, पिष्टा बदम, काजु, छोकडा, किसमिस, दाँते ओखर आदि भिजाएर सजिलै पच्ने, जमिनमुनी पाइने आलु, पिडालु, सखरखण्ड, आदि पनि सजिलै पच्ने खानेकुराहरु हुन् । त्यस्तै तरकारीहरु भिजाएर, टुसा उमारिएको गेडागुडीहरु पनि पचाउन सकिने, युरिक एसिड वाथको रोग नबनाउने हुन्छ । विहान फलफुल, दिउँसो पहिला सलाडजन्य ३,४ सय ग्राम, त्यसपछि अनाज, दाल तरकारी गेडागुडी टुसा उमारिएको वा माछा,मासु वा अण्डा खाँदा पच्ने हुन्छ । तर, भरसक मांशहारी आइटम नखाननै भन्नुहुन्छ । बुलुकी पनि सलाड पछि बिरुवाजन्य खाना अनाज दाल तरकारीहरु खाँदा पचाउन र स्वास्थ्यको लागि धेरै फाइदाजनक हुने उहाँको सुझाव छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *