बिवाइसी बागलुङले दियो ढोरपाटन बाढी पीडिलाई सहयो

टिकाराम भट्टराई, बुर्तिबाङ
ढोरपाटन बाढी पहिरो प्रभावितहरुका लागि बिवाईसी बाग्लुङले राहत रकम उपलव्ध गराएको छ । बागलुङ जिल्लामा स्थापित बिवाइसी बागलुङले बाढी, पहिरो प्रभावितका लागि १ लाख १ हजार ११ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।

विवाईसी आन्तरिक कोष बोर्ड सदस्य, फियरमेड फाउण्डेसन नेपालमा कार्यरत कर्मचारीहरु, विभिन्न परियोजनामा कार्यरत ५० जनाभन्दा बढि कर्मचारीहरुबाट संकलन भएको रकम पीडितहरुलाई राहत उपलव्ध गराइएको विवाईसी बामलुङका अध्यक्ष मनिभद्र शर्माले जानकारी दिनुभयाे ।

राहत रकम आज ढोरपाटन नगर कार्यपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका विच नगर उपप्रमुख करमति पुनलाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पहिरोमा परी आफन्त तथा घरबास गुमाएका पीडितहरुलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्धेश्यले आफुहरुले राहत रकम उपलव्ध गराएको बताउँदै राहत रकम बास्तविक पीडित समक्ष पुग्ने अपेक्षा गरेकोे बताउनुभयो ।

नगर उप प्रमुख पुनले बिवाईसी बाग्लुङले राहत रकम उपलव्ध गराएर प्रभावितको राहत र पुनःस्थापनामा ठुलो सहयोग पु¥याएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । देश तथा विदेशबाट ठुलो मात्रामा राहत संकलन भइरहेको बताउँदै दाताहरुबाट प्राप्त राहत कुनैपनि हालतमा दुरुपयोग नहुने बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई सहित बिवाईसी बाग्लुङका कानुनी सल्लाहकार डिल्लीराज गौतम,उपाध्यक्ष तोयानाथ गौतम,सचिव दिपक गौतम,ग्रामिण स्वास्थ्य सुधार परियोजनाका परियोजना व्यवस्थापक गणेश वडुवाल सहित कर्मचारी, स्थानिय समाजसेवी, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *