बागलुङका करणको चामत्कारी प्रर्दशनः एकै ओभरमा ३ विकेट

आदर्श अनलाइन
ओमनमा जारी टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगतको खेलमा बागलुङका करण केसीले चामत्कारिक खेल प्रर्दशन गरेका छन् ।

नेपालको पहिलो हङकङ विरुद्धको खेलमा करणले एकै ओभरमा ३ विकेट लिएर आँफनो खेल जीवनमै नयाँ किर्तिमानी रेकर्ड कायम गरेका छन् ।

पाँच देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगत नेपालको पहिलो खेलमा करणले खेलको पाँचौँ ओभरमा ३ विकेट लिएका हुन्। उनले ४.३ आभेरमा हङकङका ओपनर असन अब्बासीलाई १३ रनमा रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए । अर्को बलमा रन दिएनन्। त्यसपछि ५ वाइड फ्याँके। तर त्यसपछिका दुई बलमा भने हङकङका निजाकत खान र शाहिद वासिफलाई आउट गराए ।

टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १२५ रनमा समेटेको हो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो ।  अन्तिम ओभरमा पनि एक विकेटलिएर करणले आफ्नो विकेट संख्या ४ पुर्‍याएका छन् । टी-२० मा यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *