पोखरामा स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित थप ७ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, पोाखरा
पोखराका ७ सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी १३ जना कोरोना संक्रमित थपिएका छन ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार निर्देशनालयमा कार्यरत ३ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयमा कार्यरत ५३ र ५७ वर्षीय पुरुष र डव्लु.एच ओ आइपिडीमा कार्यरत एक ४९ वर्षीय पुरुषमा  कोरोना पुष्टि भएको हो  ।

त्यसैगरी पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षिय पुरुष, पोखरा १० का २१ वर्षका पुरुष तथा १९ र ४४ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँ भिमाद १ का भारतवाट आएका १७ र ३६ वर्षका पुरुष, पोखरा स्थित चरक मेमोरियलमा उपचाररत व्यास ११ का १६ वर्षीय  पुरुष, लमजुङ कोल्होसोथार ३ का २१ वर्षीय पुरुष, वेसीसहर ८ का २९ वर्षका पुरुष र वेसीसहरकै ३६ वर्षीय  पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ६ सय ७३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *