जैमिनीका पहिरो पीडितलाई नेकपा बागलुङको सहयोग

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जैमिनीमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई राहत प्रदान गरेको छ ।

गत भदौ २८ र २९ गते अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा जैमिनी नगपालिका वडा नम्बर १ टुनिबाेटका लक्ष्मीदेवी शर्मा, हरिकृष्ण पौडेल र वडा नम्बर ५ बिनामारेकी जलपादेवी पाध्यको ज्यान गएको थियो ।

उनीहरुको परिवारलाई नेकपा बागलुङले १०/१० हजार रुपैयाँ राहत प्रदान गरेको कार्यालय सदस्य लाल थापाले जानकारी दिनुभयो ।

पीडित परिालाई जिल्ला कार्यालय सदस्य फमलाल निउरेले राहत रकम वितरण गर्नुभएको हो । राहत वितरण कार्यक्रममा जिल्ला इन्चार्ज बलावती शर्मा, कार्यालय सदस्य लालबहादुर थापा सदस्य विष्णु भुषाल, सरस्वति खड्का परियार लगायतको सहभागिता रहेको थियो ।

नेकपाले जिल्लामा प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने र विस्थापित हुने परिवारलाई राहत प्रदान गर्दै आएको छ । यस अगाडी ढोरपानका बाढी पीडितलाई पनि सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *