ताराखोलामा भाेलीदेखि विद्यालय खुल्ने

पूर्णभद्र निउरे ताराखाेला

देशभर कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि नै बन्द भएका ताराखोला गाउँपलिका भित्रका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।

गाउँ शिक्षा समितिको बैठक र प्रधानाध्यापकहरुको बैठकले आतबारदेखि विद्यालय संचालन गर्ने निर्णय भएको गाउँपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक युवराज शर्माले जानकारी दिए । गाउँपालिका भित्र समुदाय स्तरमा कोरोना संक्रमणको उच्च जोखिम नदेखिएको र जोखिम न्यूनीकरण हुने गरि आधारभुत स्वास्थ मापदण्ड कायम रहने

गरि प्राथमिक तह को १–५ कक्षा नियमित ६–१२ को कक्षा विद्यार्र्थी संख्या हेरि जोर बिजोर प्रणाली संचालन गर्ने तयारी गरिएको ताराखोला गाउँपालिकाका शिक्षा अधिकृत सबिता केसीले बताइन् ।

यो पनि पढ्नुहोस्