पहिराको उच्च जोखिममा स्वास्थ्य चौकी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षातका कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकीको भवन समेत चर्किएको छ ।

दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थय चौकीको नयाँ भवन पहिराको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । पहरोको उच्च जोखिममा रहेर भवन समेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ । बागलुङ नगरपालिका देखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाई रहेको छ ।

“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ,” शर्माले भन्नुभयो “पहिरो निरन्तर गइरहेको र भिरालो जमिन माथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुँन सक्ने अनुमान छ ।” तत्कालै सम्बन्धित निकायको ध्यान नजानेहो भने स्वास्थ्य चौकीनै विस्थापिन हुँने खतरा भएको छ । स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ । भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन बातावरणीय मुल्याङ्कनबीनै निर्माण गर्दा समस्या भएको वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

राज्यको करोडौ खर्च गरेर निर्माण गरेको भवन उपयुक्त स्थानमा नभएका कारण समस्या भएएको उहाँको भनाई रहेको छ । तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यकअनुसार समन्वय भइरहेको बताउनुभयो । झण्डै २०० मिटर लामो पहिराका कारण लामिचौर जाने सडकमा समेत असर पु¥याएको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घर समेत जोखिममा पारेको छ । पहिरोका कारण स्वास्थ्य चौकी जोखिममा रहेको खबर पाएको बताउदै नगर प्रमुख जनकराज पौडेलले तत्कालै पहिरो रोकथामका लागि प्रयास र पहल गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *