महिला अधिकारकर्मीले दिए जैमिनीका पहिरो पीडितलाई राहत

आदर्श अनलाइन, बागलुङ
बागलुङका पाँच महिला अधिकारकर्मीहरु जैमिनीका पहिरोमा परि ज्यान गुमाएका र विस्थापित परिवाका लागि आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेका छन् ।

गलकोट नगरपालिका–८ की पार्वती हितान, काठेखोला गाउँपालिका–२ की इन्द्रकुमारी काउचा, काठेखोला गाउँपालिका–३ की साबित्री खड्का, बागलुङ नगरपालिका–१ की जमुना थापा र बागलुङ नगरपालिका–७ की यशोदा शर्माले पहिरो पीडितलाई ३९ हजार बराबरको समग्री वितरण गरेका हुन् ।

विशेष गरि बृद्धा, किशोरी तथा बालबालिकाको लागि अति आवश्यक लत्ता कपडा, सेनेटरी प्याड लगायतका सामग्री वितरण गरेको साबित्रा खड्काले जानकारी दिनुभयो ।

भदौ २८ र २९ गतेको पहिरोमा परि वडा नम्बर १ का लक्ष्मीदेवी शर्मा, हरिकृष्ण पौडेल र वडा नम्बर ५ की जलपादेवी पाध्यको ज्यान गएको थियो ।

उनीहरुको परिवारसहित विस्थापित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको खड्काको भनाई छ ।

उनीहरुले बालबालिकाको शिक्षाका लागि नगद १४ हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको । राहत सामग्री वडा सदस्य तुलसीदेबी शर्मा र भेषराज शर्माको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *