बाढी पहिरो पीडितका लागि क्षेत्री समाजको सहयोग

आदर्श अनलाइन, बागलुङ 
क्षेत्री समाज बागलुङले बाढी पहिरो पीडितसंगै विभिन्न क्षेत्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

क्षेत्री समाज बागलुङको बैठकले ढोरपाटनका बाढी पीडित, काठेखोलाका पहिरो पीडित, छात्रवृत्ति कोष स्थापना तथा क्रिकेट रंगशाला निर्माण सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले ढोरपाटन नगरपालिकाका बाढी पीडित को सहयोगार्थ ५० हजार र काठेखोलाका पहिरो पीडितका लागि १० हजार सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै ज्ञानोदय आधारभूत विदालयको छात्रवृत्ति कोष स्थापानका लागि ५० हजार र धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५० हजार सहयोग गर्ने निर्णय गरिएको क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले बताए ।

क्षेत्री समाजको सिमित स्रोत परिचालन र व्यक्तिगत योगदानबाट उक्त रहयोग गरिएको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *